नेपाली रोमान्टीक गित ‘तिम्रो मिठो बोलीमा’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब मार्फत गित सार्वजनिक गरीएको हो । रोमान्टीक जनराको यो गित, एल्वीन थापा र रेनुका गुरुङ्गद्धारा स्वरबद्ध छ ।
गायक एल्वीन थापाले झण्डै डेढ बर्षको अन्तरालपछी नयाँ गित सार्वजनिक गरेका हुन । स्तरीय गितको तयारीकै लागी आफुले लामो समय ग्याप लिनु परेको गायक थापाले बताएका छन । त्यस्तै थापासंग सहकार्य गरेकी गायिका रेनुका गुरुङ्ग पनि गितलाई लिएर उत्साहीत देखिइन । रोमान्टीक गित रुचाउने दर्शक श्रोतालाई लक्षित गरी तयार पारीएको गितलाई लिएर गायक तथा गायिका आशावादी देखीएका छन ।
गित र भिडियो समेतको स्तरीयताको कारणले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाउने गायक थापाले बताएका छन । गितमा गायक थापाकै शब्द तथा संगित छ भने संगित संयोजन प्रकाश हमालले गरेका छन ।
फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको निर्देशन अपिल त्रिपाठीले गरेका हुन । भिडियोमा जिवन भट्टराई र मेलिसा खतिवडाले अभिनय गरेका छन । सरोज अधिकारी भिडियोका छायाकार हुन भने सम्पादन निशान घिमिरेले गरेका छन । हेर्नुहोस भिडियो :