Home / MOVIES / दोश्रो सातामा ‘तिमी सँग’, साम्राज्ञी, आकाश र नाजिर रुचाइयो

दोश्रो सातामा ‘तिमी सँग’, साम्राज्ञी, आकाश र नाजिर रुचाइयो

काठमाडौँ – अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘तिमी सँग’ शुक्रबार दोश्रो सातामा प्रवेश गरेको छ । चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ संगै दर्शक माझ दोश्रो सातामा प्रवेश गर्दा चलचित्र ‘तिमी सँग’ फिल्मले दर्शकहरुको राम्रो साथ पाएको छ ।

फिल्मको सबै गीतसंगीतहरु दर्शकमाझ निकै लोकप्रिय रहेको छ । ‘तिमी सँग’को मुख्य कलाकारमा साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन छन् ।

फिल्मले नेपालको एक प्रमुख पर्यटकीय नगरी पोखरा आसपासका ठाउहरु घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतको दृश्यहरुलाई आकर्षक ढंगले देखाएको छ ।

नमन प्रोडक्शन नेपालको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ । चलचित्रले ३ अपरिचित पात्रको यात्रा, प्रेम, विछोड र कमेडी कथालाई प्रस्तुत गरेको छ ।

कमेडी साथै लभ र एक्शन जनराको समिश्रणमा बनेको फिल्मले दर्शकलाई फिल्म हेरिरहदा पेट मिचीमिची हसाउनुको साथै रुन बाध्य बनाउदै निकै राम्रो संदेश समेत फिल्मले दिन्छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *