Home / MUSIC / ‘हजुर भनि चिनेको, तिमी भन्दै हिनेको, तँ भनेर छोड्यो मायाले’ रमेश र पुरुषोत्तमको मर्मस्पर्शी कोशेली

‘हजुर भनि चिनेको, तिमी भन्दै हिनेको, तँ भनेर छोड्यो मायाले’ रमेश र पुरुषोत्तमको मर्मस्पर्शी कोशेली

रमेश बिजी का मार्मिक शब्द र भाका, पुरुषोत्तम न्यौपानेका आवाज भएपछि लोकदोहोरी गीत यसै चल्छ भनेर त्यसै भनेका होईनन् । ‘सरर पानी घट्टमा’ बिजीकै शब्द थिए, न्यौपानेकै आवाज ।

यससँगै दर्जर्नौ चर्चित गीतहरुमा दुवैलाई पाउन सकिन्छ । यो सहकार्य हालै  ‘दुधमिठो चौरीको’ हुँदै अहिले ‘तँ भनेर छोड्यो मायाले’ सम्म आइपुगेको छ । बिजीको मर्मस्पर्शी शब्द र न्यौपानेको भाव गहिराईमा उदयीमान गायिका गीता सेञ्चुरीले उत्तिकै न्याय गरेकी छन् । विजीका यस्ता मार्मिक शब्द गीतमा जोडिएको छ ।

हिजो सम्म त्यो दिलको राजा
हेर कस्तो हालतमा छु आज
कस्तो नाता जोड्यौ मायाले
हजुर भनि चिनेको, तिमी भन्दै हिनेको, तँ भनेर छोड्यो मायाले

गीतलाई गायिका गीता सेञ्चुरीले नै विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत बजारमा ल्याएकी हुन् । प्रेमकै कुरा गीतमा उनिएपनि भ्यालेन्टाइन डेको दिन विछोड भावको यो गीत बजारमा आएको छ ।

भिडियो पनि उत्तिकै हेर्न लायक बनेको छ । चर्चित मोडलहरु महेन्द्र गौतम र रञ्जिता गुरुङको अभिनय छ । विक्रम चौहानले भिडियो निर्देशन गरेका हुन् । प्रकाश खड्काले खिचेका हुन् भने यसको सम्पादन मिलन बिकले गरेका हुन् ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *