Home / MOVIES / यस्तो बन्यो ‘शत्रु गते’ को ट्रेलर (भिडियो), मह, दिपक दिपा, पल आँचल जोडीले तहल्का पिट्ने

यस्तो बन्यो ‘शत्रु गते’ को ट्रेलर (भिडियो), मह, दिपक दिपा, पल आँचल जोडीले तहल्का पिट्ने

काठमाडौं, फागुन १८ – फिल्मको रिलिजको लागि तीन साता समय बाकी रहँदा प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।

निर्माण पक्षले सिनेमाको सिनेमा प्रदर्शन हुनुभन्दा २० दिन अगाडि ट्रेलर सार्वजनिक गरेको हो । फिल्म चैत्र ९ मा रिलिज हुनेछ। शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमामा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ ।

ट्रेलर हेरिसकेपछि सिनेमामा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेको देख्न सकिन्छ । शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको सिनेमा ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

महसञ्चारको निर्माण यो सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन्।

‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भएपछि धेरैका लागि ‘शत्रु गते’ को ट्रेलर प्रतिक्षामा थियो । फिल्ममा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् ।

पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि फिल्म घुमेको छ । पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ ।

यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । छोराको भूमिकामा पल छन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *