Home / NEWS / संबेदनशील अंगमा नायिका साम्राज्ञीको टाटु, भाइरल बन्यो

संबेदनशील अंगमा नायिका साम्राज्ञीको टाटु, भाइरल बन्यो

केहि दिन अगाडि नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भयो । सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।

आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो । त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् ।

साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो भन्ने अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘कायरा’को हाल फिलिपिन्समा छायांकन भैरहेको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *