Home / INTERNATIONAL / सलमान र प्रियंका १० वर्षपछि सँगै

सलमान र प्रियंका १० वर्षपछि सँगै

कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्।

बलिउड स्टार प्रियंका चोपडा र सलमान खानलाई दर्शकहरुले अब चलचित्र ‘भारत’मा सँगै देख्न पाउने भएका छन्। निर्देशक अलि अब्बस जफरले निर्देशन गर्ने यो चलचित्रमा १० वर्ष पछि सलमान खान र अभिनेत्री प्रियंक चोपडा पर्दामा देखिनेछन्।

यस चलचित्रमा सलमान खान खेल्ने पहिले नै पक्का भइसकेको थियो र अब यसमा प्रियंकाले साथ दिने भएकी छिन्।  स्रोतका अनुसार यस चलचित्रका लागि प्रियंका भारत आइसकेकी छिन्।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरीसकेका छन्। सुटिङ पूर्व कट्रीनाको नाम जोडिएपनि पछि प्रियंकालाइ लिइएको हो।

१८० करोड लगानीमा निर्माणमा हुन लागेको ‘भारत’ दक्षिण कोरियाली चलचित्र ओट टु माइ फादरमा आधारित रहने छ। साे चलचित्रमा युद्धले एउटा मानिस कसरी आफ्नो परिवारसँग विछोडिन पुग्छ भनेर देखाउन खोजेको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *