Home / VIDEO / ‘शत्रु गते’को ‘रुपै मोहनी…’मा हरिवंश र दीपादेखि पल र आँचलसम्म (भिडियो)

‘शत्रु गते’को ‘रुपै मोहनी…’मा हरिवंश र दीपादेखि पल र आँचलसम्म (भिडियो)

मज्जाको न्युज / चलचित्र ‘शत्रु गते’को रुपै मोहनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मह सञ्चारको व्यानरमा निर्माण भएको फिल्म ‘शत्रु गते’को केही दिन पहिले मात्रै छायाँकन गरिएको गीत ‘रुपै मोहनी’बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

गीतको दृश्यमा हरिवंश र दीपा श्री, दीपकराज गिरी र प्रियंका कार्की र पल शाह र आँचल गरी एकैसाथ तीन जोडीलाई प्रस्तुत गरिएको छ। हरिवंश आचार्यको कथामा निर्माण भएको चलचित्रको निर्देशन भने प्रदीप भट्टराइले गरेका छन्। यो फिल्म चैत ९ बाट सार्वजनिक प्रदर्शनीमा आउने भएको छ।

लोकराज अधिकारिको शब्द, टंक बुढाथोकीको संगीत र टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको लोक लयमा आधारित रुपै मोहनी… गीतको भिडियो पनि त्यसै अनुरुपको बनाइएको छ। भिडियोमा माथि उल्लेखित तीज जोडीका साथमा बसुन्धर भुसाल शिवहर पौडेल आदिलाई पनि देख्न सकिन्छ।

हेरौँ भिडियोः

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *