Home / INTERVIEWS / ‘फाटेको चोली सिएनी पुग्छ, बिन्ती छ आउ घर…’ ऋषि खड्काको लगातार अर्को दशै तिहार कोशेली

‘फाटेको चोली सिएनी पुग्छ, बिन्ती छ आउ घर…’ ऋषि खड्काको लगातार अर्को दशै तिहार कोशेली

रञ्जन अधिकारी / चाडपर्वमा सबैभन्दा नरमाईलो परदेशीलाई लाग्छ । परदेशी जत्तिकै नरमाईलो परदेशिएका आफन्तलाई लाग्छ । चाडपर्वमा सबै घर आउँदा आफ्ना परिवार एक साथ नहुँदा कसलाई खुशी लाग्छ र ? कसलाई चाडपर्व चाडपर्व जस्तो लाग्ला र ? दिनदिनै हजारौं युवाहरु परदेशिन्छन् । दशैं तिहार जस्ता ठूलो चाडमा उनीहरुको अभाव घरलाई खड्कन्छ । परदेशीलाई घरको मायाले छाती चिरिन्छ ।

युवा गायक ऋषि खड्काले यिनै परदेशीको ब्यथा र परदेशिनेहरुका आफन्तको पीडा समेटेर यस वर्ष पनि आफ्नो कोशेली बजारमा ल्याएका छन् । दुई वर्ष अघिदेखि ए परदेशी र ए परदेशी भाग दुई बजारमा ल्याएर चर्चा बटुलिसकेका ऋषि खड्काले यस वर्ष दशैं तिहारको छेकोमा परदेशीलाई नै लक्षित गरी फाटेको चोली बजारमा ल्याएका छन् ।

दुई पैसा भएनि कमाई हुन्छ कि भनेर खाडी पसेका दाजुभाइ र घरमा अभाव झेल्दै आफ्ना प्रियको पर्खाईमा बसेका जहानको पीडा समेटेर उनले मर्मस्पर्शी गीत ल्याएका हुन् ।

………
तिमी दशैं तिमी नै तिहार
तिमी आउने बाटोको प्रतिक्षा गरौंला
एक चिम्टी सिन्दुर दिएनि पुग्छ, फाटेको चोली सिएनी पुग्छ
बिन्ती छ आउ घर
हो प्यारा लेकबेसी गरौंला, संगै मरौंला

अन्यभन्दा फरक तबरले तर लोकविधामाथि प्रहार नगरी भाका बनाउन खप्पीस ऋषिले यस गीत पनि निकै भिन्न तर मनछुने किसिमले तयार पारेका छन् । सर्वाधिक पारिश्रमिक लिने गायिका विष्णु माझीले उनलाई साथ दिएका छन् । भाका ऋषिकै हो भने परदेशीलाई भक्कानो फुट्ने गरी रुवाउने शब्द कृष्ण खड्काको हो ।

सप्तऋषि म्युजिक प्रालिको उत्पादन सपना राईको प्रस्तुति रहेको  भिडियो पनि निकै उत्कृष्ट छ । कपिल लामाको निर्देशन रहेको भिडियोमा सगुन शाहीले निकै उत्कृष्ट अभिनय गरेकी छन् । उनलाई आशिरप्रताप जंगले साथ दिएका छन् । भिडियो सुरेश शाहीले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।

ऋषिले विष्णु माझीसँगै अर्को परदेशी नामक गीत पनि बजारमा ल्याएका छन् ।

यो गीत अघि ऋषिको ए परदेशी भाग ३ सम्म बजारमा आईसकेको छ ।

ए परदेशी भाग दुई 

ए परदेशी  

 

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *