Home / INTERVIEWS / ‘रियाज’ लाई ‘आरजु’ले खोजेपछि पोखराबाट काठमाण्डौ …

‘रियाज’ लाई ‘आरजु’ले खोजेपछि पोखराबाट काठमाण्डौ …

रञ्जन अधिकारी पोखरा / ब्युटीफुल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । जिन्दगी नै तिमीलाई भयो भन्दै भ्यालेन्टाईन अवसरकै छेकोमा एक भए ।

रियाजसँग बितेका पल मनमा सजाई राखेकी आरजुले याद आईदिँदा तस्विर हेर्छु भनी भनिरहन्छिन् । उनले भेट वा फोनमा भनेकी भने होईन । गीत मार्फत नै रियाजका बारेमा यस्ता प्रेमिल शब्द बोलेकी हुन् । निकै कर्णप्रिय स्वरकी धनी आरजु अधिकारीको हालै सार्वजनिक भएको रोमाण्टिक प्रेमगीत ‘खोजिरहन्छु’ गीतको भिडियोमा पोखरेली मोडल रियाज तिमिल्सिनाले आरजुसँगै स्क्रिन शेयर गरेका हुन् ।

भिडियोको निर्देशन अर्का युवा निर्देशक रुपेश थापाले गरेका हुन् । उनले नै खिच्नेदेखि भिडियो सम्पादन गर्न भ्याएका छन् । यति मिठो गीत सञ्जित श्रेष्ठले लेखेका हुन् भने कम्पोज समेत उनैको हो । चर्चित एरेञ्जर ब्रिजेश श्रेष्ठले पर्फेक्ट एरेन्ज गरेका छन् । मेलोडियस रोमाण्टिक यो गीतको भिडियोको प्रस्तुतिकरण फोटोरिजालको हो । आरजु र रियाजलाई यति राम्रो देखाईदिएको प्रतिज्ञा पौडेलले हुन् ।

गोरो वर्णको उच्च कदका ह्याण्डसम रियाज पोखरा डेभिडफल्सका हुन् । रियाजलाई देख्नेले मोडल नै भन्छन् । साथीभाइले हिरो, मोडल भनेरै फुर्काउँछन् । त्यसैले उनी ग्ल्यामर दुनियाँमा क्रेजी छन् । आफ्नो डेब्यु काठमाण्डुबाटै गर्न पनि सफल भए । राम्रो र गुणस्तरयुक्त गीतमा मात्र आफु ‘रेडी’ रहेको हाक्काहाक्की सुनाए ।

रिलमा भन्दा रियल लाईफमा रियाज झनै ‘पर्फेक्ट’ छन् । उनका निकट मित्र अशोक सेढाईं भन्छन् ‘सधैं साथीभाइसँगै हुन्छन्, साथीको लागि जहिले पनि जस्तोसुकै अवस्थामा पनि उनी ‘रेडी’ छन् ।’ अर्का मित्र सन्देश क्षत्रीले कुरा खोलिहाले – ‘सोझो छ । साथीभाइको लागि जे पनि गर्छ । साथीभाइले बुझेनन् भनेर ‘स्याड’ मान्छ । साथीभाइ र उसको विरुद्ध अफवाह फैलाउनेलाई बाँकी राख्दैनँ ।’

पोखरा जस्तो सुन्दर नगरीमा बाहिरबाट मोडल ल्याएर छायाँकन गरिन्छ । यहाँकै नवप्रतिभा र उदयीमान कलाकारलाई साथ दिऔं । रियाज र आरजुको आगामी सफल करिअरको शुभकामना: मज्जाको न्युज टीम !

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *