Home / INTERVIEWS / ‘धादिङे र पोखरेलीको फेसबुके लभ, भेट्न जाँदा मोबाईल नै अफ …’ कति हाँस्नु

‘धादिङे र पोखरेलीको फेसबुके लभ, भेट्न जाँदा मोबाईल नै अफ …’ कति हाँस्नु

रञ्जन अधिकारी, पोखरा/

‘फेसबुकबाट पर्यो मेरो पोखरेलीसँग लभ,
भेट्न बोलाई मायाले, छोडी आए जब् , आधी बाटो आएसी फोन हान्दा ,भन्छ मोबाईल अफ’

धादिङका ठिटोले पोखरेली युवती खुब मन पराउँछन् । त्यसैले त पोखरा सम्झिरहन्छन् । उनी पोखराकै हेम्जासम्म काठमाण्डौं रहँदा पनि बोलाईए । त्यसैले पछिल्लो गीतहरुमा उनले पोखरा नै जोडेका छन् ।  उही धादिङे ठिटो राजकुमार बानियाँले पोखरेलीसँग परेको लभबाट सुरु गर्दै आफ्नो पछिल्लो गीत ‘फेसबुक’ सार्वजनिक गरेका छन् ।

गीतमा राजकुमारसँगै अर्की परिचित गायिका राधिका हमालको स्वर सुन्न सकिन्छ । आफ्नै जिल्लाको धादिङ महोत्सवमा सार्वजनिक गरिएको यो गीतको भिडियो म्युजिक नेपालले पुस १८ गते मात्रै सार्वजनिक गरेकोमा एक दिनमै १४ हजार पटक हेरिसकिएको छ । निकै सन्देशमुलक यो गीतमा राजकुमारले फेसबुक प्रयोगकर्ताले सदुपयोग गरे यसबाट राम्रो हुने नत्र विकृति निम्त्याउने सन्देश दिएका छन् ।

‘फेसबुक खोल्नु हजुर, ध्यान दिएर चलाउनु, झुटो माया नलाउनु’

राजकुमारको आफ्नै कम्पनी जलेश्वरी म्युजिक प्रालिको प्रस्तुति रहेको भिडियोमा चल्तीकी मोडल रश्मी तामाङसँग हाँस्य कलाकार शेरबहादुर गुरुङले स्क्रिन शेयर गरेका छन् । सर्वाधिक व्यस्त निर्देशक शंकर बिसीले निर्देशन गरेको भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । कृष्ण फिल्मस् एण्ड एडभरटाईजिङले भिडियो निर्माण गरेको हो ।

राजकुमार अपाच्य शब्द र भिडियोबाट रातारात हिट हुने पक्षमा छैनन् । आफ्नै लय, शब्दमा गीतहरु तयार पार्ने र गाउने राजकुमारले डेढ दर्जन जति गीत गाईसकेका छन् भने उनका गीतमा अन्य चल्तीका गायक गायिकाले पनि स्वर भरिसकेका छन्  ।

पोखराले पनि राजकुमारलाई माया गर्न थालेको छ । पोखरामा सबैभन्दा बढि आलु फल्ने क्षेत्र हेम्जामा आयोजित आलु महोत्सवमा आफ्नो चर्चित गीत ‘आलु’ प्रस्तुत गर्न आएका राजकुमार त्यसपछि पोखरा र पोखरेली मायालाई गीतमा छुटाएनन् ।

उनको यो भन्दा अघिल्लो फेसबुकबाट लभ परेको गीत ‘झल्को आउँछ सारो’ मा पोखरेली मायाकै झल्कोले सताएको उल्लेख गरेका थिए । यो गीत पनि झण्डै सवा लाखले हेरिसकेका छन् ।

हेम्जा आएपछि पोखरेलीसँग लभ परेर पोखरेली माया नबिर्सिएको हो त ? लजालु स्वभाका राजकुमार शर्माए, भने- ‘खै पोखरेलीसँग भिज्न पाएकै छैन ।’ धादिङ र पोखरासँगै चितवन, गोरखा, बाग्लुङ, लमजुङ, पाल्पा र स्याङ्जाली मायालाई पनि उनले यो गीतमा छुटाएका छैनन् । राजकुमारले सबलाई माया गरेजस्तै सबैसँग मिठो गरी बोल्ने ईमान्दार स्वभावका उनलाई मन नपराउने पनि कमै होलान् । उनी जोसँग दुई वचन बोल्छन्, उनको सबैप्रति ईज्जत गर्ने स्वभावबाट नतमस्तक नै हुन्छन् ।

सानै उमेरमा नेपाली लोक सांगीतिक क्षेत्रमा चर्चित नाम धादिङे ठिटो राजकुमार बानियाँको आगामी दिन अझै सफल रहोस्, दर्शक श्रोताको माया बढ्दै जाउन् । मज्जाको न्युज टीमको पनि शुभकामना ।  

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *