Home / MOVIES / ‘मलाई चलचित्रमा मिस नेपाल जस्तो नायिका चाहिन्छ’

‘मलाई चलचित्रमा मिस नेपाल जस्तो नायिका चाहिन्छ’

नायक प्रदिप खड्का अहिलेका व्यस्त नायक मध्येका एक हुन् । अहिले उनको चलचित्र ‘लिलिबिली’ प्रदर्शनरत छ । चलचित्रको सफलतासँगै प्रदिप खड्काको स्टारडम पनि चलचित्र क्षेत्रमा बढेको छ ।

प्रदिपलाई चुजी नायक पनि भनिन्छ उनि चलचित्र खेल्ने कुरामा निकै चुजी छन् । कथावस्तु, भूमिका, नायिकादेखि हरेक कुरा हेरेर मात्र उनी चलचित्र खेल्ने वा नखेल्ने निर्णय गर्छन् ।

यसैबीच नायक प्रदिप खड्काले अहिले चलचित्र ‘रोजी’मा काम गर्ने चर्चा चलिरहेको छ । तर, प्रदिप भने अहिले नै यो चलचित्रमा काम गर्ने पक्का नभएको बताउँछन् । चलचित्रमा, जुन नायिकाको नाम अहिले चर्चामा छ, त्यसो भएको खण्डमा आफूले नगर्ने उनले बताए ।

प्रदिपले भने-‘चलचित्रमा मिस नेपाल जस्तो नायिका चाहिन्छ । यसैले, मैले उहाँहरुलाई त्यो लुक्सको नायिका खोज्न भनिरहेको छु । सबै कुरा मिल्यो भने गर्छु, नत्र गर्दिनँ ।’

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *