Home / MOVIES / निखिल अभिनित ‘पिँजडा ब्याक अगेन’ सिंगल स्क्रिन हाउसफुल

निखिल अभिनित ‘पिँजडा ब्याक अगेन’ सिंगल स्क्रिन हाउसफुल

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिँजडा ब्याक अगेन’ सिंगल स्क्रिन हाउसफुल बने । दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा शिर्पाली दर्शकबाट घेरिएका थिए।

‘फिल्म हेर्ने दर्शकले दिएको प्रतिक्रियाबाट एकदमै उत्साहित छौँ’, निखिलले भने, ‘एउटा कलाकारको सफलता भनेको नै दर्शकको मन जित्नु हो।’ त्यस्तै साराले पनि दर्शकबाट पाएको साथबाट आफू एकदमै उत्साहित भएको बताइन्। माघ महिनाको चिसोका कारण पनि फिल्मको व्यापारमा कमी भएको निर्देशक हिमाल केसीको भनाइ छ।

भन्छन्, ‘चिसोकै कारण बिहानी शोमा दर्शकको उपस्थिति उल्लेख्य रहेन, तर दिउँसोको शोमा भने दर्शकबाट ‘पिँजडा ब्याक अगेन’लाई साथ मिलेको छ। सन्तुष्ट छु।’ श्रीराम बरालको प्रस्तुतिमा तयार फिल्ममा गोविन्द गैरे र रोहित पुरीको लगानी छ।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा निखिल र सारासँगै ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदीप दाहाल, पुकार भट्टराई, कुशाग्र भट्टराई, सुन्दर श्रेष्ठलगायतको अभिनय रहेको छ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *