Home / NEWS / पप सम्राट बिष्टको उपचारार्थ कार्यक्रममा विश्वकर्माले किन लिईन् पैसा ? भन्दै असन्तुष्टि

पप सम्राट बिष्टको उपचारार्थ कार्यक्रममा विश्वकर्माले किन लिईन् पैसा ? भन्दै असन्तुष्टि

नेपाली संगीतलाई अलग धारमा मोड्ने लोकप्रिय गायक ओमविक्रम बिष्ट अमेरिकामा मृगौला फेल भएर थला परेका छन् तर बिष्टको बारेमा काठमाडौं मात्रै हैन संसारका ७० भन्दा बढी देशामा संगठित भएका नेपालीहरु नै बेखबर जस्तै छन् ।

नेपाली पप सम्राट ओम विक्रम विष्ट अमेरिकाको न्यूयोर्कमा उपचार खर्चको अभावमा बसिरहेका छन् । विष्टको दुबै मृगौला फेल भएको छ र प्रत्यारोपण आवश्यक छ । चिकित्सहरुले त्यसको विकल्प अर्को नभएको बताइसकेका छन् ।

अमेरिकामा छोरी ज्वाईको साथमा बस्दै आएका बिष्ट यतिबेला हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । आफू आर्थिक संकटमा परेको बताउँदै उनी भन्छन: ‘छोरीज्वाइँको घरमा पाहुना लागेर उपचार गरिरहेको छु । दुवै मृगौला फेल भएको छ । हप्तामा ३ दिन डाइलोसिसका लागि अस्पताल जानुपर्छ ।’

बिस्टको मृगौला प्रत्यारोपण सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम आयोजना भयो । कलाकारहरुले निःशुल्क प्रस्तुति दिए । तर उद्घोषणका लागि बोलाइएकी नायिका रीमा विवकर्माले झण्डै ९० हजार लिईन् ।  प्रोफशनल रुपमा आयोजकसँग सम्भाmैता बमोजिम रीमाले आफ्नो पारिश्रमिक लिनु अन्यथा होईन तर उपचारकै लागि आयोजित कार्यक्रम भएकाले आफ्नै कला क्षेत्रको लिजेण्डको उपचारका लागि उनले उदार मन देखाएको भए हुन्थ्यो भन्ने हाम्रो पनि ठम्याई हो । यस सन्दर्भा रीमा विश्वकर्माको भने धारणा बाहिर आएको छैन ।

यही सन्दर्भमा कलाकार सरोज केसीले फेसबुकबाट तीतो पोखेका छन् ।

Saroj Kc

पप सम्राट ॐबिक्रम बिष्ट दाइ को मृगौला प्रत्यारोपण सहयोगार्थ कार्यक्रम मा अमेरिका बासी सबै गायक गाइकाले निसुल्क गीत गाइदिएर पबित्र मन बाट सहयोग गरे तर कार्यक्रम सन्चलिकाले ले चाही USD $865/ लिइछन र आयोजक इनाशले पनि सन्चलिकालाई त्यत्रो ($865)खर्च गरे छ किन ?

के अमेरिकामा हिरोइन कार्यक्रम प्रस्तोता को कमी छ र ? हिरोइन सन्चलिका नै चाहिएको हो आयोजक लाई भने बाल्टिमोर मा नाइका रिचा घिमिरे, ARUNIMA Lamshal, POOJA Lama नजिकै हुनुहुन्छ , निशा अधिकारि हुनुहुन्छ मोडल सन्चलिका चाहिएको भए मेरिल्यान्ड मा रिमा के सि हुनुहुन्छ जस्ले १ पैसा नलिइ पक्कै ॐबिक्रम बिष्ट दाई को लागि कार्यक्रम उध्घोसण गरिदिन्थे,

आयोजक ले USD 865/ केवल रिमा बिस्वकर्मा लाई मात्रै तिर्नु कत्तिको जायज हो ? किन निसुल्क कार्यक्रम HOST खोजी गरेन आयोजक ले ? कलाकार तथा मिडियाको ध्यानआकर्सण गराउदछु /
पबित्र मन बाट कार्यक्रम गर्दा जतिसक्दो खर्च कम गर्नुपर्छ आयोजक ले तर $865/ यो अनावस्यक खर्च भो होईनर ?

स्मरण रहोस इनास ले सम्पुर्ण खर्छ कटाएर ॐ बिक्रम बिष्ट लाई अ्मेरिकी डलर ११००० सहयोग गरेको छ Great Job ,

धन्यवाद का पात्र ति हुन जस्ले १ पैसा नलिइ ॐबिक्रम दाई का लागि गीत गाएर योग्दान गरे त्यो पनि बिभिन्न स्टेट बाट आएर , बिना कलाकार यो कार्यक्रम सम्भव थिएन/

अमेरिकामा नेपाली फेसबुके मिडियाले प्रायजसो अरुको गुणगान मात्रै गाउँनजानेको छ/ Please do the Real Journalism : SAROJ KC ( Radio / TV Ent. Journalist / Actor)

उसो त केसीले पहिलेदेखि नै विस्टको उपचारका लागि सहयोगको याचना गर्दै आएका छन् ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *