Home / MOVIES / ‘मिस्टर झोले’को राम्रो व्यापार

‘मिस्टर झोले’को राम्रो व्यापार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म मिस्टर झोलेले राम्रो व्यापार गरिरहेको दाबी निर्माण पक्षले गरेको छ। दर्शकबाट पनि सकरात्मक प्रतिकृया पाइरहेको फिल्मले  राम्रो व्यापार गरेको जनाइएको छ।

फिल्म निर्माण युनिटले राजधानीमा पत्रकारहरुसँग फिल्म सफलताको खुसियाली समेत मनाएको छ। त्यहीँ अवसरमा निर्माता टेकेन खड्काले फिल्मको कलेक्सन बाहिर ल्याएका हुन्। त्यस्तै उनले फिल्म निर्माण गर्न लागेको रकमको पनि खुलासा गरेका छन्।

खड्काले भने ‘हाम्रो फिल्मको पूर्ण लागत भनेको १ करोड ५३ लाख हो। त्यसमा पब्लिसिटीको खर्च पनि पर्छ।’ रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्धी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ।

रामबाबुकै कथा तथा लेखन रहेको फिलममा कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत, विक्रम स्वारको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन गरेका रहेको छ। ‘सिनेमा आर्ट्स’ र ‘टेकेन खड्का प्रोडक्सन’को व्यानरमा निर्माण भएको फिल्ममा टेकेन खड्काको लगानी छ भने रौनक विक्रम कँडेल फिल्मका कार्यकारी निर्माता हुन्।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *