Breaking News
Home / MUSIC / ‘पूर्णिमा’ पछि शंकरको ‘लर्के जोबन’, बिमाकुमारीसँग गायन, अञ्जलीसँग रोमान्स

‘पूर्णिमा’ पछि शंकरको ‘लर्के जोबन’, बिमाकुमारीसँग गायन, अञ्जलीसँग रोमान्स

नेपाली लोक तथा दोहोरी गीतसंगीतमा बिमाकुमारी दुरासँग धादिङे ठिटो शंकर कडेंलले लर्के जोवन बजारमा ल्याउँदेछन् । यसअघि पूणिमा बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याउन लागेका हुन् । अहिले सो गीतको रेकर्डिङ सकेर पनि भिडियो छायाँङ्कनको काम सकिसकिएको छ । भक्तपुर जिल्लाको घ्याम्पे डाँडामा छायाँङ्कन गरिएको गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसँग शंकरले रोमान्स गरेका छन् ।

पूर्णिमा गीतका गायक कडेंल यही गीत मार्फत म्यूजिक भिडियोमा देखिएका छन्। स्मार्ट लुक्सका कारण सुटिङ् स्थलमा लिएका उनका केही तस्विहरु पोष्ट भए लगत्तै उनी राम्रो प्रतिक्रिया पाउन सफल भएका छन्। हाल जर्मनीमा बस्दै आएका शंकर गायन र अभिनय दुबै कुरालाई अगाडि बढाउने बताउँछन्। सुरिलो स्वरका धनी शंकर आधुनिक गीतमा आवाज दिईसकेका छन्, भने लोकदोहोरी गीतमा उनले पहिलो पटक आवाज दिएका हुन्। नायक तथा गायक कडेंलल यो गीतबाट आशावादी छन् ।

उनी भन्छन्ः ‘यो हाम्रो सक्दो प्रयास हो । अडियो र भिडियो दुबैमा हामीले कत्ति पनि कन्जुस्याईं गरेका छैनौं ।’ बिमाकुमारी दुरा जस्तो अग्रज गायिकासँग परदेशमा बसेर पनि कसरी सहकार्य गर्न सफल हुन भयो ? भन्ने प्रश्नमा उनले भने – ‘यसको श्रेय यो गीतका सर्जक ज्ञानेन्द्र शाहीलाई जान्छ, उहाँले गायिका बिमाकुमारी दुरा राख्ने भन्नु भो मैले स्वीकारेँ। किनभने, मैले लोक दोहोरी गीतमा बढी चिनेको आवाज नै बिमा दिदीको हो। कतिपय नयाँ लोक गायिकाहरुका आवाज छुट्याउन मलाई गाह्रो हुन्छ। किनकि म प्राय ः आधुनिक, पप र चलचित्र गीतहरु बढी सुन्थें।’

जर्मनीमा रहेर ईन्जिनियरिङ बिषय अध्ययनरत शंकर यसै गीतको रेकर्ड र छायांकनका लागि नेपाल आएका हुन् । उनी केही दिनमै जर्मनी फर्कने बताउँछन् । शिव हमालको शब्द, ज्ञानेन्द्र शाहीको लय रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन् । गीत राग स्टुडियोमा रेकर्ड भएको हो। शंकर कडेंलको आफ्नै यूटुब च्यानलबाट छिट्टै बजारमा आउँदै छ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *