Home / MOVIES / ‘कान्छी’ ट्रेलर सार्वजनिक गर्दा थामिएनन् श्वेता खड्काको आँशु, ‘श्रीकृष्णलाई बिर्सेको भए पो सम्झिने’

‘कान्छी’ ट्रेलर सार्वजनिक गर्दा थामिएनन् श्वेता खड्काको आँशु, ‘श्रीकृष्णलाई बिर्सेको भए पो सम्झिने’

आगामी फागुन ४ मा प्रदर्शन हुने बहु-प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको पोस्टर पनि सार्वजनिक गरे । सार्वजनिक गरिएको ट्रेलरलाई पत्रकार भेटमा सबैले रुचाए ।

नायिका श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमामा मंगलबार आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

आफ्नो निर्माण तथा अभिनय रहेको कान्छीको ट्रेलर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नायिका श्वेताले कान्छी आफ्नो स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई समर्पित गरेको बताइन् । पति श्रीकृष्णलाई कान्छी समर्पित गरेको बताइरहँदा श्वेताको आँखाबाट आशु बगेको थियो । सोही क्रममा श्वेतासँगै उनकी आमा पनि भावुक भएकी थिइन् ।

आउँदो फागुन ४ गते कान्छीको रिलिज मिति तोकिएको छ । सो चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्रफी बसन्त श्रेष्ठको र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *