Home / INTERVIEWS / एल्विनको ‘गोरी’ अनु पो रैछिन्, आँखा लगाए सुमन र निराजनले … (भिडियो सहित)

एल्विनको ‘गोरी’ अनु पो रैछिन्, आँखा लगाए सुमन र निराजनले … (भिडियो सहित)

मज्जाको न्युज पोखरा, ११ असोज / युवा गायक एल्विन थापाको नयाँ गीत ‘हे गोरी’ को म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । पोखरामा एक विशेष कार्यक्रमबीच चर्चित अग्रज कलाकारबाट सार्वजनिक गरिएको हो भने सामाजिक सञ्जाल युट्युबमा समेत सङ्ग्स नेपालबाट सोहि समय सार्वजनिक गरिएको छ ।

अग्रज गायकहरु कर्णदास, विवेक श्रेष्ठ, ईतु पाल, मनोज गुरुङ, विनित जोजिजूले संयुक्त रुपमा म्युजिक भिडियो लञ्च गरेका हुन् । गायक कमल खत्रीको संगीत तथा शब्द रहेको सो गीत युवा पुस्ता केन्द्रित रहेकाले चर्चा बटुल्ने अपेक्षा गरिएको छ । फास्ट ट्रयाक भएकाले एल्विनलाई पनि स्टेज शोका लागि गीत प्लस प्वाईन्ट बनेको छ। फलानो क्रियशनले निर्माण गरेको सो भिडियो पोखराकै विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ । गीतमा नायिका अनु शाहका साथमा निराजन प्रधान र सुमन श्रेष्ठले स्क्रिन शेयर गरेका छन् ।

सो गीतको म्युजिक भिडियोको निर्देशन फलानो क्रियशनकै प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी अपिल त्रिपाठीले गरेका हुन् भने सरोज अधिकारीले भिडियो खिचेका हुन् । भिडियोको सम्पादन सुवास अम्गाईंले गरेका हुन् ।

अतिथि गायकहरुले भिडियो हेरेपछि अब पोखरामै बसेर राजधानीभन्दा राम्रो भिडियो निर्माण हुने यो भिडियोबाट प्रष्ट भएको बताए । उनीहरुले लोकेशनका लागि पोखरा मुलुककै उत्कृष्ट गन्तव्य भएको भन्दै निर्देशकीय क्षमता, गायकी, अभिनय, भिडियो छायाँकन, सम्पादन पक्ष सबल भएको बताए ।

गायक थापाले अहिलेको संगीत क्षेत्रको उपलब्धी नै आफ्नो प्रशंसा बाहेक केहि नभएको भन्दै सबैले गीत हेरेर आफूलाई माया गरिदिन आग्रह गरे । निर्देशक त्रिपाठीले यसअघि गर्दै आएको भन्दा बजारको माग अनुसार यस भिडियोमा केहि भिन्न प्रयोग गरेको जनाए ।

भिडियो हेर्नुहोस् –

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *