Breaking News
Home / INTERVIEWS / ‘ह्याप्पी न्यू इयर’ हेर्दै, मनाउँदै, पुस १४ देखि हल हलमा

‘ह्याप्पी न्यू इयर’ हेर्दै, मनाउँदै, पुस १४ देखि हल हलमा

अंग्रेजी वर्ष भएपनि अहिले शहरी भेगमा नेपाली नयाँ वर्ष भन्दा यसलाई धुमधामका साथ मनाईन्छ । ह्याप्पी न्यू इयर भन्दै शुभेच्छा प्रकट हुन थालिसके ।

यही छेकोमा विदेशमै सबै छायाँकन भएको नेपाली कथानक चलचित्र ह्याप्पी न्यू इयर बनेको छ र नयाँ वर्षलाई नै लक्षित गरी प्रदर्शन सुरु भएको छ । पुस १४ गते शुक्रबारदेखि प्रदर्शन सुरु भएको छ ।

अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको निर्देशनमा बनेको हो

फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी, इश्वर थापा, पदम शाक्य, सुजता केसी, मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *