Home / INTERVIEWS / बैकुण्ठ र पूर्णकलालाई ‘दुई कुराले’ ठग्दा किन बाजा बजाएर नाचे दीपक बिम्ली ? (हेर्नुहोस् भिडियो)

बैकुण्ठ र पूर्णकलालाई ‘दुई कुराले’ ठग्दा किन बाजा बजाएर नाचे दीपक बिम्ली ? (हेर्नुहोस् भिडियो)

  • रञ्जन अधिकारी

चौतारीको लहरे पिपल, ओझेलै पार्यो बरको छायाँले
जिन्दगीमा मलाई दुई कुराले ठग्यो, एउटा आफ्नो रुपैले हौ अर्को मायाले

नेपाली लोक सांगीतिक क्षेत्रका बहुप्रतिभावान श्रष्टा तथा गायक बैकुण्ठ महत र पछिल्लो समयमा आधुनिक शैलीमा लोक दोहोरी गाउन खप्पिस गायिक पूर्णकला बिसीको स्वरमा भर्खरै ‘दुई कुराले ठग्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

पञ्चेबाजाको उक्त गीतको भिडियो निकै रमाईलो बनेको छ । महतले आफ्ना सदाबहार दौतरी प्रल्हाद सुवेदीसँगको सहकार्यमा वरदान डिजिटलबाट गीत ल्याएका हुन् । पोखरामा निकै चर्चित दीपक थापा र हाँस्य टेलिसिरियलकी चर्चित अभिनेत्री शुशिला निरौला बिम्लीले भिडियोलाई रमाईलो बनाएका छन् ।

याम गुरुङ र आरुषी मगर फिचरिङ रहेको भिडियोको निर्देशन गुरुङ आफैले गरेका हुन् । करन चैसिरले खिचेको भिडियो सम्पादन विष्णु शर्माले गरेका हुन् । निकै मिठो स्वरका धनी गायक बैकुण्ठ महतको निकै चर्चित गीतहरु रहेका छन् । ठ्याक्कै एक वर्ष अघि गत मंसिरमा रिलिज भएको ‘हाम्रो नेपाल र हामी नेपाली’ अत्यन्त चर्चित भयो । जुन गीतमा पनि बैकुण्ठ र पूर्णकलाकै स्वर छ ।

सानैदेखि विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुँदै आएका महत ब्याचलर सुरु गर्नेबेलादेखि मात्र रेकर्ड गर्न थालेका हुन् । २०६४ मा ‘मागेजति बरदान पाको भा’ गीत बिमलराज क्षेत्रीसँग मिलेर निकालेपछि महतलाई सबैले चिने । उनको सोहि एल्बमको ‘जाउँ है माया बटौली गाउँतिर’ का साथै पञ्जेबाजाको गीत ‘औंठी स्वयम्बरको’ सबैभन्दा चर्चित बन्यो ।

पञ्चेबाजामा निकालिने गीत अधिकांश केटाकेटी प्रेम बिछोड भएको निस्किरहँदा उनको यो गीत नौ वर्ष पुरानो हुँदा पनि अझै पनि बिहेमा बज्ने गर्छ । विरहले छुने बेलैमा, नपढेरै हो जस्ता गीत पनि उनको चर्चित छ ।

यसबाहेक धोका दिन सख्त मनाही छ, दोस्ती पुरानो, दुनियाँलाई घात नगर, रेडियोमा गीत सुनेर, मिसकल हाने पुग्छ, मान्छेको जिन्दगानी, के छ तिम्रो ईच्छा, घाटाको कारोबार, पानी जहाज जस्ता गीत महतले गाए । नेकपा एमालेको चुनावी गीत गाएका महतको स्वर चुनावताका निकै गुञ्जियो ।

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *