Home / VIDEO / क्लिन इनर्जी थिममा बिश्वब्यापी आइडिया कम्पिटिसन विश्व विद्यालयस्तरीय छनौट पोखरामा हुँदै

क्लिन इनर्जी थिममा बिश्वब्यापी आइडिया कम्पिटिसन विश्व विद्यालयस्तरीय छनौट पोखरामा हुँदै

सुर्य तिमिल्सिना, पोखरा ३ असोज/ विल क्लिन्टनद्वारा सन् २०१० देखि सुरु भएको बिश्वब्यापी आइडिया कम्पिटिसनको लागि यो बर्ष क्लिन इनर्जी थिम छनौट गरिएको छ।

दिइएको थिममा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पाउनेछन् । हल्ट प्राइज फउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ। नेपालबाट त्रिभुवन,काठमाडौ र पोखरा विश्व बिद्यालयबाट छनौटमा परेका एक/एक टिम गरि तीन टिम दोश्रो राउन्डको लागि दुबै/सङ्घाइ जाने अबसर पाउने छन् ।

नेपालमा हुने पहिलो चरणको विश्वबिद्यालय स्तरीय प्रतिष्पर्धा अन्तर्गत त्रिभुवन,काठमाडौ र पोखरा विश्वबिद्यालयबाट टिम छनौट हुनेछ। जस अन्तर्गत पोखरा विश्वबिद्यालयमा भने डिसेम्बर २० मा प्रतिस्पर्धा हुँदै छ।जसको लागि सेप्टेम्बर २० देखि रजिष्ट्रेसन खुल्ला गरिएको छ।जसको अन्तिम म्याद डिसेम्बर ९ सम्म छ।पोखरा विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त हरेक कलेजले यसमा भाग लिन पाउने छन् ।एउटा समुहमा तीन जना हुनुपर्ने छ भने एउटा कलेजबाट एक वा सो भन्दा बढी समूह समेत सहभागी हुन पाउने जनाइएको छ।

पोखरा विश्वबिद्यालयकी हल्ट प्राइज क्याम्पस निर्देशक कुशुमशीला भट्टका अनुसार हरेक समुहले क्लिन इनर्जी थिममा हाइपोथेटिकल आइडिया समेत प्रस्तुत गर्न सक्ने छन्।साथै उक्त प्रतिष्पर्धामा क्लिन इनर्जीमा आधारित भएर एउटा समस्या पहिचान गरि समाधानको लागि आइडिया प्रस्तुत गर्नुपर्ने छ।साथै यसको बारेमा बिस्तृत रुपमा बुझ्नको लागि Hult Prize at Pokhara University फेसबुक पेजमा समेत हेर्न सकिने जनाइएको छ।

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *