Home / MOVIES / छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई, पोखरा र दमौलीमा छायांकन

छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई, पोखरा र दमौलीमा छायांकन

सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि मुख्य नायिका छनौट गरिएको छ । छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाईको नाम फाइनल भएको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

‘ऐश्वर्य’ चलचित्र मार्फत डेब्यू गरेकी प्रसाई अब छक्का पन्जा ३ को मुख्य नायिकाको रुपमा देखिने पक्का भएको हो । योसँगै यसअगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउत यो क्याम्पबाट बाहिरिएकी छिन् । नायिका प्रियंका कार्कीलाई भने समावेश गरिएको छ । यसपटक प्रियंका विशेष भूमिकामा देखिने निर्माणपक्षले बताएको छ ।

चलचित्रका लेखक, निर्माता तथा कलाकार गिरीले फिल्मलाई चाहिएको जस्तै बोल्ड एन्ड ब्यूटी नायिका पाएको बताए । उनी यसपटक चलचित्रमा नायिका दीपिका प्रसाइसँगको मुख्य रोलमा हुनेछन् ।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रको छायांकन वैशाख १७ गतेबाट हुनेछ । चलचित्रमा जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको छायांकन पोखरा र दमौलीमा गरिने बताइएको छ । चलचित्रलाई दशैको फूलपातिबाट रिलिज गर्ने गरी निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *