Home / INTERVIEWS / -यापदेखि फिल्मसम्म बहुप्रतिभाशाली बिनोद ‘बाजेले गितार बजाको सम्झदैं ‘
बिनोदले दुई एल्बम निकाले । विभिन्न गीतमा ¥याप भर्नुका साथै आफै आधा दर्जन चलचित्रमा मुख्य गीतमा स्वर, संगीत र शब्द भरेका छन् भने अभिनयमा पनि जमेका छन् ।

-यापदेखि फिल्मसम्म बहुप्रतिभाशाली बिनोद ‘बाजेले गितार बजाको सम्झदैं ‘

रञ्जन अधिकारी पोखरा /

‘बाजेले गिटार बजाको, बज्यै नाच्नु लजाको । यो मेरो गीत सुन है साथी कति मजाको ।

बिनोद ढकाल । पप/-याप म्युजिक पारखीलाई धेरै व्याख्या गरिरहनुपर्ने नाम होईन । धादिङ आरुघाटका बिनोदले हालै सार्वजनिक गरेको गीतको शब्द हो । बाजेको चित्रण गर्दै रमाईलो पारामा प्रस्तुत गरिएको सो गीत विनोद आफैंले लेखेका हुन् । बाजेको चस्मा, ईस्टकोट, फाटेको टोपी सम्झेर शब्द कोरेका बिनोदले भिडियोको निर्देशन पनि आफैले गरे । थाईल्याण्डको समुन्द्र तटमा छायाँकन गरिएको भिडियो गीतजस्तै मज्जाको छ । बालबालिकाको समेत ध्यानकेन्द्रित गरी संयोजन भएको सो गीतको संगीत पनि विनोदकै रहेको छ । भिडियोलाई अनुप गिरीले खिचेका हुन् भने शुशिल न्यौपानेले भिडियो सम्पादन गरेका छन् ।

बिनोदलाई फेरि एक पटक सम्झन झण्डै दशक अघि फर्कनुपर्ने हुन्छ ।

“ल है आयो आयो। तुफान यातायात ननस्टप एक्सप्रेस, मलेखु–धादिङ–आरुघाट, गाडी नं. ५८५ …”
‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ
ड्राईभर दाईलाई स–सलाम ……’

रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वरमा एकताका सर्वाधिक हिट बनेको यो रिमिक्स गीतमा -याप भर्ने उनै विनोद ढकाल हुन् । यो गीत हरेक बसहरुमा घन्किए । बिनोदको चर्चा चुलियो । उसो त यसअघि नै उनले १२ वर्ष अघि २०६१ सालमा डाउनलोड भन्ने एल्बम निकालेका थिए । विनोदले त्यसमा समावेश आठ वटै गीतको स्वर, संगीत, शब्द भरे । ‘हो हौ तिमी मेरी हौं’ भन्ने गीतको भिडियो समेत बन्यो । यद्यपी, त्यसबेला टिभीहरुमा मात्र बज्ने समय थियो । युट्युबाट मात्रै हिट हुने यस्तो जमाना नै थिएन ।

बिनोदलाई गीत गाउन अरुसँग शब्द माग्नु पर्दैन । न त संगित भर्न नै कसैलाई अनुरोध गर्नुपर्छ । साथीहरुसँग गाउँदा उनीहरुले ¥याप राम्रो छ भनेर हौसिएका बिनोदले त्यसपछि नै हुन् रामचन्द्र काफ्लेसँग मिलेर सो गीतमा ¥याप भरेको । त्यसपछि बिनोदलाई पछाडी फर्कनु परेन । उनले एल्बम होमवर्क पनि निकाले । ‘यसरी त हुन्न नि’ भन्ने बोलको गीतको भिडियो बजारमा राम्रो चल्यो ।

बिनोदको माग फिल्मतिर हुन थाल्यो । सुरेश दर्पण पोखरेलको फिल्म निशानामा ‘नाच्ने हो कि गाउने हो ?’ गीत विनोदकै हो । विभिन्न अवार्डबाट पुरस्कृत कोशिस क्षेत्रीको अभिनय रहेको फिल्म मोक्षको प्रोमोशनल गीत ‘मर्छु कि क्या हो गाँजा तानी तानी’ गीतले फिल्म क्षेत्रमा उनलाई जमायो ।

दयाहाङ, प्रियंका र केकी अभिनित बहुप्रतिक्षित चलचित्र लालटिनमा समावेश ह्विस्की र कबवेबमा उनकै स्वर छ । पपरक प्याटर्नको सो गीत अहिलेदेखि युट्यबमा हिट भईसकेको छ । चैत १८ देखि चल्ने सो चलचित्रको यो गीतमा विनोद प्रियंका कार्कीसँग देखिने पनि छन् ।

रति श्रेष्ठ थापाले निर्माण गरेको नायक कुशल थापा अभिनित सबै छायांकन अष्ट्रेलियामा गरेको चलचित्र ‘ह्याप्पी न्यु इएर’ को टाईटल गीतमा विनोदकै स्वर÷संगीत छ। दयाहाङ राई अभिनित आगामी चलचित्र नेप्टेमा पनि बिनोद अटाएका छन् । कुम्भकर्णमा पनि आफ्नै स्वर, शब्द संगीतमा बिनोदको गीत छ भने गुलाबी टीमले पनि उनलाई लिईसकेका छन् ।

बिनोद संगीत मात्र नभई कला क्षेत्रमा अभियनमा पनि उत्तिकै पोख्त छन् । कान्तिपुर च्यानलको चर्चित सिरियल किलो ट्याङ्गो माईकमा आफ्नो गेटअप अनुसार नै उनले चरित्र निभाए । पेपरबोर्ड ब्याण्डको ‘कायर लाछीहरु’ बोलको गीतमा विनोदकै अभिनय छ । नेपाली पप लिजेण्ड नविन के भट्टराईको ‘कामना’ भन्ने गीतमा अभिनय बिनोदकै छ ।

धादिङदेखि काठमाण्डौं पुगेर नेपाली मोडर्न  संगीत क्षेत्रमा अनवरत कोसिसपछि अहिले सफलाको सिढी चढ्न सुरु गरेका बिनोद ढकाललाई मज्जाकोन्युज टीमको पनि बधाई र शुभकामना ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *