Breaking News
Home / NEWS / ‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ भन्दै आए शिशिर र आयुष्मा (भिडियो)

‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ भन्दै आए शिशिर र आयुष्मा (भिडियो)

आज मुटु दुखेनस् किन ?
छोडिस् क्या हो ? मायालाई सम्झिन
जिन्दगीले ममाथि अन्याय नै ग¥यो
फूललाई माया गरेको ओइलिएरै झर्यो
जुनलाई माया गरेको बादलभित्र सर्यो
उनलाई माया गरेको रुँदै हिँड्न पर्यो

नेपाली लोक संगीतमा दर्जनौं हिट गीत दिएका लय तथा शब्द संकलक शिव हमालको यस्तोे मार्मिक शब्दमा महंगी गायिका विष्णु माझी र बालाराम बिकको आवाज छ । साढे २ करोड भ्यूज पाइसकेको रोमाण्टिक गीत लालुमै पछि मर्मस्पर्शी शब्दका साथ हमालले कर्णप्रिय लय भरेका छन् । कमल सौरागले मिठो एरेञ्ज गरेका छन् ।

जिन्दगीले ममाथि अन्याय नै ग¥यो भनेपनि भिडियोमा कथावस्तुमा डुबेर चर्चित मोडल शिशिर पौडेल र आयुश्मा कार्कीले न्याय गरेका छन् ।
साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडिर्यो प्रकाश भट्टले निर्देशन गरेका हुन्।

विजय डिजिटलले अडियो भिडियोको जिम्मा लिएको हो । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले काँटछाँट गरेका छन् । हमालको आफ्नै च्यानलमार्फत सार्वजनिक भिडियोले छोटो समयमै आधा लाख भ्यूज पाइसेकेको छ भने सकारात्मक प्रतिक्रिया आएको छ ।

गायक बालाराम विश्वकर्माले यसअघि चुलबुले चुलबुले बानी, सम्झनाको तरेलीमा लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

About Ranjan Adhikari Chhetri

A Pokhara based Youth Journalist.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *