Home / धर्म संस्कार / सुत्ने बेला मनकामना मन्दिरको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस 

सुत्ने बेला मनकामना मन्दिरको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस 

मेषः–गरे जस्तो,सोचे जस्तो कहि कतै नहुन सक्छ । पारिवारिक खर्चमा अत्याधिक वृद्धि हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने

छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ ।

वृषः– बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको

उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

मिथुनः– विना संघर्ष लक्ष्यमा पुग्न सकिने छैन । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । अधुरा काम सम्पादन हुनेछन् । प्रतिश्पर्धा गरेर अगाडि

बढ्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः– समय सामान्य अनुकुल देखिन्छ । ज्ञान शिष र दक्षताको विकाश हुनेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात

व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंहः–काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । सहज यात्रा नहुन सक्छ

। व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन ।

कन्याः– गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ ।

भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

तुलाः– समय प्रतिकुल देखिन्छ । मनमा अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । आफन्तमा राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ ।

कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला ।

वृश्चिकः– दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति

बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

धनुः– समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य

सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला

मकरः– समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका

केहि उपलब्धिका काम सफल हुनेछन् । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ ।

कुम्भः– दिन प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सम्भावना बढि देखिन्छ । परिश्रम खेर जान सक्छ । विश्वासमा धोका

हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ ।  व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

मिनः– आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । काम गर्ने वातावरण विस्तारै बन्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात

व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *