वीर गोर्खालीको देश अहिलेसम्म कुनै पनि मुलुकको गुलाम नभएको देश भनेर चिनिएको देश नेपाल । आज आफ्नै जमिनको लागि लढ्दा , आज आफ्नै मिचिएको भुभागको लागि लढ्दा यस्तो आरोप लगाउने हामीलाई ?
केही भारतीय मिडियाहरु जब नेपालको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भयो , तब देखि नै नेपाल देशप्रती खनिरहेका छन ।
के भारतले युद्ध चाहेको हो रुरु कि भारतिय पत्रकारिताले पित पत्रकारिताको आडमा दुई देशको मित्रता भत्काउन लागेको हो रु नुनदेखी सुनसम्मको सम्बन्ध गासिएको भारत देशलाई हामिबाट चाहिएको के हो त ? जमिन , युद्ध
भारतका अघि झुकेर निरिह बनेर हामी नेपाली चुप बस्दैनौ ! भारत र भारतिय मिडियाहरुलाइ म के भन्न चाहान्छु भने हामी नेपाली निहुरिन सक्छौ एकचोटी हैन १ हजार चोटि निउरिन सक्छौ तर आफ्नो हकको लागि , आफ्नो देशको लागि एकपटक पनि झुक्न सक्दैनौ ।
केही थान नेपालका नेताहरु भारतको गुलाम भए पनि म जस्ता हजारौ नेपाली आफ्नो मातृभूमिलाई केही हुदा टुलुटुलु हेरेर बस्न सक्दैनौ ।