Home / देश / छोरीद्वारा आफ्नै बुबाको टाउकोमा चि’र्पट प्रहार गरेर ह’त्या

छोरीद्वारा आफ्नै बुबाको टाउकोमा चि’र्पट प्रहार गरेर ह’त्या

इलाम – इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह’त्या गरेकी छन् ।

इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह’त्या गरेकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए ।

उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै ह’त्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।

फुलबहादुरको टाउकोमा चोट देखिएको छ ।

टाउकोमा चिर्पट प्रहार गरेर ह’त्या गरेको हुनसक्ने बताइएको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *