Home / विश्व / मास्क नलगाउनेलाई तीन वर्ष जेल

मास्क नलगाउनेलाई तीन वर्ष जेल

कतार – कतारमा अनिवार्य मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ, जसलाई विश्वकै मास्कसम्बन्धीको कडा नियम भनिएको छ ।

सार्वजनिक स्थानमा सहभागी हुने व्यक्तिले मास्क नलगाएमा तीन वर्ष जेल सजाय तोकिएको छ ।

कतारमा कोरोना भाइरससम्बन्धी जारी गरिएका नियम उल्लंघन गर्नेलाई तीन वर्ष जेल र ५५ हजार अमेरिकी डलर बराबरको जरिवाना हुने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण दर उच्च भएपछि कतारमा यस्तो नियम लागु गरिएको बताइएको छ ।

कतारमा हालसम्म ३० हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । २७ लाख ५० हजार जनसंख्या भएको कतारमा १ दशमलब १ प्रतिशत मानिसहरु संक्रमित भएको बताइएको छ ।

कतारमा हालसम्म १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *