Home / अन्तर्वार्ता / बुद्ध लामा ‘नेपाल आइडल’ भएपछि पहिलो अन्तर्वार्ता, यसरी आफ्नो परिवारको दुःख सबै बिसाए (भिडियो)

बुद्ध लामा ‘नेपाल आइडल’ भएपछि पहिलो अन्तर्वार्ता, यसरी आफ्नो परिवारको दुःख सबै बिसाए (भिडियो)

पोखरा / बुद्ध लामाले पहिलो नेपाल आइडल बन्दै इतिहास रचे । नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश बस्नेहरुबाट अनलाईन भोटिङमा उनले सबैलाई माथ गरे र ग्राण्ड फिनालेमा कूल प्राप्त भोटमा आधा बढि भोट बुद्धकै नाममा रह्यो र बुद्धले इतिहास रचे ‘पोखराका बुद्ध पहिलो नेपाल आइडल’ । पाँच वर्ष अघि बिग आइकनमा चौथो भएपछि उनी संगीत साधनामा रहिरहे । नवराज बरालपछि तीर्थराज पोखरेलसँग संगीत सिके ।

सन्तबहादुर र सन्तमायाका कान्छो छोरो बुद्ध नाम जस्तै शान्त स्वभावका छन् । उनले कसैलाई पिरेनन् । कोहिसँग रिसाएनन् । यही भन्छन्, उनका बुबाआमा, गुरुजन, साथीभाइ । एउटा दाइ विदेश छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई विभागमा रहेर पोखरालाई २५ वर्षदेखि सफा गर्दै आएका सन्तबहादुरको दुःखको दिन अब सकिए जस्तो भान हुन्छ ।

झण्डै तीन दशक अघि धादिङको लापा ३ कपुरगाउँ (हाल रुबीभ्याली ५) छाडेर आएका उनले दुःख त्याग्न सकेनन् । पोखरामा ओत लगाउने झुप्रो समेत ठड्याउन सकेनन् । उनले थपे – ‘धादिङबाट भोट गर्नेहरुले मन दुखाउनुभाछरे भन्ने सुनेँ । धादिङकै नागरिकता छ बुद्धको पनि । आफ्नो ठाउँ कहाँ बिर्सनु ? धादिङ समाजले पनि सहयोग गरेको छ ।’

आमा सन्तमायालाई छोराछोरी दुःख पाउँछन् कि भनेर सधैं पिर लाग्थ्यो । अब बुद्धको पिर टरेको छ । ‘अब पढाउन नसकेपनि भोकले मर्दैन । पाँच महिना अघि पोखराबाट गयो । कहाँ सुत्यो होला? भोकभोकै छ कि ? अझै पनि लाग्छ । आफू नखाएर हुर्काको छोरो हो । ’ आमाको ममता पोखिन् । सन्तमाया अरुका घरमा कपडा धुने, भाँडा माझ्ने गरेर घरको गर्जो टार्थिन् । (विस्तृतमा न्युज पोखराको आदर्श समाज राष्ट्रिय दैनिकबाट प्रकाशन र बिग एफएम पोखराबाट अडियो रिपोर्ट प्रसारण हुनेछ ।)

यता बाबुआमाले यसो भनिरहँदा कतारमै ‘सेल्फी टिभी’ युट्युब च्यानलमा बुद्धले यसरी परिवारको ब्यथा बिसाएका छन् । हेर्नुहोस् भिडियो ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *