Breaking News
Home / देश / पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)
तस्विरः आशिष पुरी

पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)

पोखरा / दाह्री सौखिन युवाहरुको फेसबुक समूह ‘दाही ग्याङ’ का पोखराका सदस्यहरुले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेका छन् । दाह्री पाल्ने र सौख भएका युवाहरुले मनोरञ्जनका लागि खोलेको यो ग्रुप पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ । पोखराकै सदस्यहरुले यसअघि मृगौला पीडितलाई आर्थिक सहयोग गरिसकेका छन् भने आगामी दिनमा पनि सामाजिक कामहरु संलग्न हुने जनाएको छ ।

पोखराको विन्ध्यवासिनी मन्दिरको प्राङ्णमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रहरी लागूऔषध नियन्त्रण व्युरो कास्कीका प्रहरी निरीक्षक रविन्द्र गुरुङले पहिलो रक्तदाता प्रताप अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । रक्तसञ्चार केन्द्र, पोखराले प्राविधिक सहयोग गरेको थियो ।

तस्विरः आशिष पुरी

गुरुङले युवाहरु मनोरञ्जनका साथै सामाजिक कार्यमा यसरी अग्रसर हुनु खुशीको कुरा भएको बताउँदै राष्ट्र निर्माणको आधार युवा भएकाले बाटो बिराउन नहुने बताए ।  सो अवसरमा ग्याँस विक्रेता महासंघका केन्द्रिय सल्लाहकार बालकृष्ण कोईराला, विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य माधवप्रसाद पराजुली, रक्तसञ्चार केन्द्रका महेन्द्र केसी लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका ‘दाह्री ग्याङ, पोखरा’ का संयोजक शेखर गौतमले साथीहरुको उत्साहजनक सक्रियताका कारण आगामी दिनमा पनि सामाजिक कार्यक्रम गर्न हौसला मिलेको बताए । कार्यक्रमको सञ्चालन राजेश तिवारीले गरेका थिए ।

‘मेरो दारी, दुनियाँलाई किन भारी ?’, ‘गालामा दारी, काँधमा जिम्मेवारी’ स्लोगान अंकित टिसर्ट लगाएर युवाहरु सहभागी भएका थिए भने कार्यक्रममा पोखराको फेसबुक समूह ‘We Are One (WAO)’ का प्रतिनिधिहरु सहभागी थिए । महिलाहरुको पनि सहभागिता रहेको थियो ।

यसैबीच, सो अवसरमा दाह्री ग्याङ पोखराको आगामी कार्यक्रमको लागि सहभागीहरुले आर्थिक सहयोग पनि प्रदान गरेका छन् । अन्यभन्दा फरक पहिचानको यो समूहले अब विद्यालयहरुमा कालोपाटी विस्थापित गर्दै ह्वाईटबोर्डका लागि सहयोग प्रदान गर्ने समूहका सहसंयोजक बसन्त पहारीले जानकारी दिए ।

हेर्नुहोस्, रक्तदान कार्यक्रमका  १० तस्विरहरु (तस्विरः आशिष पुरी/सबिन न्यौपाने)

IMG_1019

IMG_0064

IMG_0575

IMG_1068

IMG_0989

IMG_0995

IMG_0614

IMG_0861

IMG_0424

IMG_0978

IMG_0897

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *